
बाराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिङ पिङ, फान्सका राष्टपति फानकोन होलेन्डी , कम्प्युटर निर्माता माइकल डेल, ब्रिटिस सिङगर एडिली, फेसबुक निर्माता मार्क जुकरवर्ग, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका छन् ।
जहाँ आफुलाई मनपर्ने र प्रभावित पार्ने व्यक्तिलाई YES र मन नपर्ने व्यक्तिलाई NO को भोट गर्ने अधिकार दिइएको छ । नेपालमाथि विगत २ महिना देखी नाकाबन्दी लगाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मादीको नाम उक्त विश्व वर्ष व्यक्ति छनौटकोे लिष्टमा राखिएको छ । भुपरिवेष्ठित राष्ट्रको स्वतन्त्र पारवहन अधिकारको ठाडो उल्लंघन गर्दै नाकाबन्दी लगाएर मानवता विरुद्ध ठुलो अपराध गरेको भन्दै विश्वभर मोदीको विरोध प्रर्दशन भैरहेको बेला उनको नाम मनोनयनमा परेको हो ।
उत्त भोटिङमा आफुलाई मनपर्ने र मन नपर्ने दुवै अव्सन राखिएको छ । आफुलाई मनपर्ने व्यक्तिलाई भोटिङ गर्न एस अव्सनमा क्लिक गर्नु पर्नेछ भने मन नपर्ने व्यक्तिको नो अव्सनमा क्लिक गर्न मिल्नेछ । केही नेपाली सामाजिक संजालमा आवद्ध नेपालीहरुले नो भोट अभियान नै चलाएका छन् ।
नेपालमाथी नाकाबन्दी लगाएर मानवताविरुद्धको अपराधमा संलग्न मोदीलाई विश्वभर रहेका नेपालीहरुले नो भोट गरी हराउन अभियान चलाउन सक्छन् ।
यो लिंकमा गएर नो भोट गर्न सकिन्छ । हेर्नुहोस् लिंक –
http://time.com/4108617/person-of-the-year-poll-2015/vote/39/