Monday, 2 November 2015

वीरगन्जमा झडप, एक प्रर्दशनकारीको मृत्यु

प्रहरीले सोमबार बिहान हस्तक्षेप गरेर खुलाएको वीरगन्ज रक्सौल नाका मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले बिहान ११ बजे देखि फेरि ठप्प पारेका छन् ।  मधेशी मोर्चाका नेता कार्यकर्ताहरु बिहान ११ बजे देखि फेरि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेका हुन् । मोर्चाका नेता कार्यकर्ताहरु धर्नामा फेरि बसेपछि अहिले मितेरी पुलको अवस्था तनावग्रस्त बनेको छ ।
मितेरी पुलमा अहिले पनि प्रहरी र मोर्चाका कार्यकर्ताहरु बिच झडप भइरहेको छ ।एकजनाको प्रर्दशनकारीको मृत्यु भएको छ। शवलाई सुरक्षाकर्मीले घेरेर राखिएको छ। सनाखत भइसकेको छैन।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us