Friday, 13 November 2015

बेलायत भ्रमणमा मोदीलाई अप्रिय प्रश्नको अोइरो

जुन मुलुकमा गए पनि न्यानो स्वागत पाउँदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जारी बेलायत भ्रमण भने बिर्सनलायक बन्यो ।
लण्डन अबतरण गरेर प्रधानमन्त्री डेभिड क्यामरुनलाई भेटन नपुग्दै हजारौं मानिसले सडकमा उत्रिएर मोदीको बिरोध प्रर्दशन गरे । त्यसमा सवैभन्दा अगाडी थिए नेपाली, त्यसपछि गुजराती र शिख समुदाय ।
नेपालमाथि गरिएको नाकाबन्दीबाट आक्रोशित लण्डनबासी नेपालीले ठूलो संख्यामा उपस्थीत भएर प्रर्दशन गरे । बेलायती पश्चिमा मिडियाले यसलाई निकै राम्रो स्थान दिए ।
सन् २००२ को गुजरात हिंसा र शिख समुदायमाथि भएको दमनको बिरोधमा भारतीय नागरिकहरु पनि लण्डनमा बिरोध प्रर्दशनमा उत्रिए ।
यी बिरोधलाई छल्दै बेलायती उच्च अधिकारीसँग छलफल र संसदमा सम्बोधन गरेका मोदीलाई नमिठो स्थिति त्यतिबेला आयो जब संसारभरका संचारकर्मी उपस्थित पत्रकार सम्मेलनमा बेलायती सरकारी संचारमाध्यम बीबीसीका पत्रकारले मोदी असहिष्णु बनेकोबारे प्रश्न सोधे ।
मुस्लिम समुदायमाथि भएको थिचोमिचो र गाइ खाएको अभियोगमा मुस्लिमको हत्या गरिएको घटनालाई उदृत गर्दै बीबीसीका पत्रकारले सोधे- भारत किन यति धेरै असहिष्णु मुलुक बनेको ?
यो प्रश्न मोदीका लागि अनपेक्षित थियो । उनले संविधानले सवैलाई न्याय गर्ने र त्यस्ता घटनालाई कुनै पनि हालतमा सहन नसकिने भन्दै गोलमटोल जवाफ दिए । उनले भने- भारत बुद्ध र गान्धीको मुलुक हो र न्यूनतम सामाजिक मूल्यको बिरोधमा हुने कुनै चिजलाई भारतीय समाजले स्वीकार्दैन ।’
त्यसपछि गार्जियन दैनिकका पत्रकारले मोदीसँगै उभिएका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई सोधे- गुजरात घटनाका आरोपी भन्दै उनी मुख्यमन्त्री रहेका बेला मोदीलाई बेलायतले भ्रमणमा बन्देज लगाएको थियो, आज उनलाई स्वागत गर्नुपर्दा तपाईँलाई कत्तिको असहज लागिरहेको छ ?
क्यामरुनले मोदीलाई स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै कुटनीतिक जवाफ दिए तर नरसंहारमा संलग्न रहेको अभियोगमा बेलायत भ्रमणमा रोक लगाइएको बिषयमा कुरै गरेनन् ।
त्यसपछि मोदी जवाफ दिन अघि सरे । उनले भने- यो गलत धारणा हो, बेलायतले मलाई कहिल्यै पनि भ्रमणमा बन्देज लगाएको छैन्, म २००३ मा पनि यहाँ आउँदा न्यानो स्वागत पाएको थिएँ ।’
गुजरात नरसंहारमा संलग्न भएको भन्दै अमेरिका, बेलायत र युरोपेली मुलुकहरुले मोदीलाई भ्रमणमा बन्देज लगाएका थिए । तर, उनी प्रधानमन्त्री हुने अबस्था आएसँगै अमेरिका र बेलायत दुवैले उनलाई भेटेर स्वागत गर्न तयार रहेको बताएका थिए ।
यी दुई घटनामात्रै हैन, भारतमा जारी असहिष्णुताको मुद्दाका कारण पनि मोदीलाई अप्ठेरो परिरहेको छ । बेलायती मिडियाहरुले मोदीलाई ‘ग्लोरीफाई’ नगरी उनका अपराधहरुबारे पनि कुरा गर्न थालेका छन् । जसले गर्दा उनको भ्रमणमा ओझेल परेको छ ।
–डीएनए र क्याच न्यूजको सहयोगमा

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us