Thursday, 19 November 2015

रुस र फ्रान्सद्वारा आइएसका मुख्य अखडामा हवाई आक्रमण

रुस र फ्रान्सले सिरियामा इस्लामिक स्टेट आइएसका मुख्य अखडामा हवाई आक्रमण गरेका छन् ।

दुवै देशले सिरियामा आइएसविरुद्ध सैन्य अभियानलाई तिव्रता दिएका हुन् । आइएसको गढ क्षेत्र मानिएको रक्का शहरलाई निशाना बनाइएको रुसका रक्षा मन्त्री सरगेई सोइगुले बताए ।



गत महिना इजिप्टको साइनाई प्रायद्विपमा २ सय २४ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटना आइएसको बम आक्रमणका कारण भएको पुष्टि भएपछि रुसले सैन्य अभियान तिव्र पारेको हो ।

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आईएससँग बदला लिने चेतावनी दिनुभएको छ । भूमध्य सागर क्षेत्रमा आइएसविरुद्ध कारबाही अभियान चलाएको फ्रान्सेली सेनासँग सम्पर्कमा रहन र उनीहरुलाई सहयोग गर्न आफ्ना सेनालाई निर्देशन दिएको राष्ट्रपति पुटिनले बताए ।

गत शुक्रबार राजधानी पेरिसमा १ सय २९ जनाको ज्यान जाने गरी आईएसले आक्रमण गरेपछि फ्रान्सले पनि सैन्य अभियान तिव्र पारेको छ । अब आइएसविरुद्धको कारबाहीमा रुसी सेनाले फ्रान्सेली सेनालाई साथ दिने भएको छ ।

आफ्ना हवाई आक्रमण आइएसका गढ क्षेत्र ध्वस्त पार्न केन्द्रीत रहने दुवै सेनाले जनाएका छन् । अमेरिका नेतृत्वको गठबन्धन सेनाले पनि हवाई आक्रमण तिव्र पारेको छ । (एजेन्सी)

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us