Monday, 2 November 2015

काँग्रेस बैठकमा महाभारत, सुशीलसँग नबोल्ने भन्दै बैठकबाट बाहिरिए देउवा

काँग्रेस शीर्ष नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निर्वाचनमा पराजय हुनुमा एकअर्कामाथि दोषारोपण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले एकअर्कालाई आरोप लगाएका हुन् ।
 संसदको पहिलो ठू्लो दल भएर पनि अदुरदर्शी सोचका कारण प्रमुख पदहरु सबै गुमाएको भन्दै केन्द्रीय समिति बैठकमा सदस्यहरुले प्रधानमन्त्रीका उम्मेदवार, समर्थक र प्रस्तावक तीनै जना मिलेर पार्टी कमजोर बनाएको भन्दै आक्रोश पोखेपछि जवाफ दिने क्रममा नेताहरुले आफ्नो बचाउ गर्दै अर्कामाथि दोषारोपण गरेका हुन् । एक केन्द्रीय सदस्यका अनुसार सभापति कोइरालाले आफ्नो खासै रुची नभए पनि देउवा र पौडेलले संविधान कार्यान्यवनका लागि काँग्रेस नेतृत्वमा सरकार हुनुपर्ने दबाब दिएपछि प्रधानमन्त्रीमा उम्मेदवारी दिनुपरेको बताए । तर कोइरालाको प्रतिवाद गर्दै देउवाले कोइराला आफ्नै चाहनामा उम्मेदवार बनेको दाबी गरे ।
आफैं उम्मेदवारी दिएर पराजित भएपछि आफूलाई दोष दिएको भन्दै देउवाले आगामी दिनमा कोइरालासँगै एक्लै कुराकानी नै नगर्ने बताए । आफ्ना कुरा राख्ने बित्तिकै देउखा झोक्किँदै बैठकस्थलबाट बाहिरिएका थिए । उपसभापति पौडेलले भने दुई नेता मिलेर आफूलाई रोक्न खोख्दा सबै पद गुमेको भन्दै आक्रोश पोखे । ‘रामचन्द्रजीले मलाई रोक्न खोज्दा सबै पद गुम्यो भन्नुभयो’, नेता कुलबहादुर गुरुङले भने खै कसले कसलाई रोक्ने खोजेको हो थाहा भएन ।’ Published On:kathmandutoday

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us