लम्जुङको चनौटेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेसीशहर-१३, चनौटेका नन्दबहादुर गुरुङ, वसन्त श्रेष्ठ, मोसा तामाङ र नवलपरासीका खुशीराम आले रहेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान भएको जीप दुर्घटनामा २ जना घाइते भएका छन्। घाइते भएकाहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त जीप सडकबाट करीब दुई सय मिटर मर्स्याङ्दी नदीको छेउमा खसेको छ।