Sunday, 29 November 2015

आज बिहान ६ बजेर १० मिनेट जाँदा काठमाडौं केन्द्र बनाएर ४.१ को परकम्प

काठमाडौं- आज बिहान ६ बजेर १० मिनेट जाँदा ४.१ रिक्टर स्केल म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्रविन्दु बनाएर गएको परकम्प राजधानीवासीले महसुस गरेका थिए। गत वैशाख १२ गते गएको 'गोरखा' भूकम्पको परकम्प अझै गइरहेका छन्। यसअघि शुक्रबार पनि काभ्रेलाई केन्द्रविन्दु बनाई ४।१ रिक्टर स्केलको परकम्प गएको थियो। वैशाख १२ गतेपछि अहिलेसम्म चार रिक्टर स्केलभन्दा माथिका ४१४ वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ। रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us