Sunday, 8 November 2015

भारतीय दूतावासको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाको कडा प्रतिवाद

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री चित्रबहादुर केसीले हिमालयन टिभीमा दिएको अन्तरवार्ताबारे भारतीय राजदुतले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चा पार्टीको गम्भीर ध्यान गएको छ ।
पार्टीको उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेल द्धारा हस्ताक्षरित विज्ञप्तिमा केसीले प्रकट गरेको अभिव्यक्तिबाट नेपाल र भारतका बीचको सम्बन्धमा नराम्रो असर पार्ने कुरा बताइएको छ ।
तर वास्तविकता के हो भने केसीको अभिव्यक्तिबाट होइन, भारत सरकारले नेपालप्रति अपनाएको नीतिका कारणले नै दुवै देशहरूको बीचको सम्बन्धलाई नराम्ररी प्रभावित पारेको बताइएको छ ।
पौडेलको वक्तव्यमा भनिएको छ- ‘नेपाल र भारत दुवै देशका बीचमा युगौंदेखि नै घनिष्ट सम्बन्ध रहँदै आएको छ र हाम्रो पार्टीले त्यो मैत्री सम्बन्धलाई अरु सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिन्छ । तर भारतीय सरकारले एकपछि अर्को गर्दै नेपालप्रति अपनाएका नीतिहरुबाट त्यो सम्बन्धमा धेरै धक्का पुगेको छ । नेपालमा संविधान बनेपछि भारतले त्यसमा संशोधनका लागि दवाव दियो । कुनै स्वतन्त्र देशलाई आफ्नो संविधानको निर्माण गर्ने सार्वभौम अधिकार हुन्छ । त्यो अधिकारमाथि भारतले गरेको हस्तक्षेप अत्यन्त आपत्तिजनक कुरा हो ।’
मन्त्री केसीले  दिएको अन्तरवार्तामा तराईलाई भारतले आफ्नो देशमा गाभ्ने षडयन्त्र गरिरहेको संकेत गरेका थिए । केसीको अभिव्यक्तिपछि भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै केसीको अभिव्यक्तिले दुई देशको सम्बन्ध बिगारेको भन्दै आपत्ति जनाएको थियो । नेपाल र भारत दुवै देशका बीचमा युगौँदेखि नै घनिष्ट सम्बन्ध रहँदै आएकाले सो सम्बन्धलाई थप सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
सो नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन, सार्कको समझदारी तथा नेपाल र भारतका बीचमा भएका पारस्पारिक सन्धिहरू र मानवता समेतका विरुद्ध भएको पनि  वक्तव्यमा उल्लेख छ । भारतको त्यो नीतिबाट नै दुवै देशहरूका बीचको मैत्री सम्बन्धमा धेरै आँच भन्दै   राष्ट्रिय जनमोर्चा पार्टीले भारत सरकारको त्यस प्रकारको नीतिको कडा शब्दमा विरोध र भत्र्सना गरेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us