
अब सबै नेपालीले घर घरमा साइकल चलाउने र घरघरमा धुँवारहित चुलोको प्रयोग गर्ने अभियान चलाउनु पर्नेमा जोड दिँदै मन्त्री पासवानले घर घरमा सौर्यऊर्जाको व्यवस्था गरेर उज्यालोमैत्री शिक्षाको व्यवस्था गर्न सरकार लागिपरेको बताए । उनले आफ्नो मन्त्रालयले विज्ञान, प्रविधि र वातावरण शिक्षामा विद्यावारिधि गर्न विदेश जानेलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागेको जानकारी पनि गराए ।
उनले आन्दोलनरत मधेस केन्द्रित दललाई लक्ष्य गर्दै भने, 'वार्तामा बसेर समस्याको समाधान खोजौँ, तर वार्तामा नबस्ने र सधैँ जनतालाई दुःख दिने काम अति भयो भने तपाईँहरुको मति बिग्रेको सावित हुनेछ, हाम्रो होइन ।' -