
चीनले विभिन्न नेपाली बस्तुलाई भन्सारमा दिदै आएको छुट कार्यान्यन गर्ने विषयमा पनि आज लिखित सहमति हुने बार्ता टोलीका सदस्य एवं भन्सार बिभागका प्रवक्ता सूर्य सेढाँईले जानकारी दिनुभयो । अहिले संचालननमा रहेको रसुवाको केरुङ नाकाको स्तरोन्नती, सडक मर्मत पछि तातोपानी नाकापनि छिट्टै सञ्चालनमा ल्याउने विषयमा पनि सहमति भएको छ । यस्तै रुसुवागढी केरुङनाकालाई अन्तराष्ट्रिय स्तरको बनाउने दुई मुलुकबीच सहमति भएको सेढाँईले बताउनुभयो । राजधानीको एक होटलमा अपरान्ह ५ वजे हुने सहमतिपत्रमा भन्सार विभागका उपमहानिर्देशक तथा नेपाली बार्ताटोली संयोजक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोईले हस्ताक्षर गर्नुहुनेछ ।