Tuesday, 24 November 2015

बुद्ध भारतमा जन्मिएका हुन भन्ने बक्तब्य सच्याउन भारतीय प्रधानमन्त्री मोदिलाइ चेतावनी


शान्तिका दुत गौतम बुद्ध भारतमा जन्मिएका हुन भनि भारतिय प्रधानमन्त्री मोदिले दिएको बिरोधाभास पूर्ण बक्तब्यको आलोचना गर्दै तत्काल सुधार्न माग गरिएको छ । ‘लुम्बिनी-कपिलबस्तु दिवस अभियान संस्था’ले केहि समय अगाडि युरोप भ्रमणमा रहँदा मोदिले बोलेको उक्त भनाईलाई सच्याउन माग गर्दै बिज्ञप्ति जारी गरेको हो ।
बिज्ञप्तिमा भनिएको छ, ‘नेपाल भ्रमणमा आएको बेला गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने तर फेरी अहिले युरोपमा गएर अर्कै कुरा बोल्नु अस्वभाविक र असान्र्दभिक छ ।’ साथै बक्तब्यमा भनिएको छ, ‘मोदिले मैले नेपालमा भनेको कुरा सहि हो र युरोप भ्रमणमा बोलेको कुरा गलत हो भनेर पुनः सच्याउनु पर्दछ ।’
संस्थाले गौतम बुद्ध नेपालमा जन्मनु भएको प्रशस्त बैज्ञानिक एबं पुरातात्विक प्रमाण रहेको र त्यसैको आधारमा बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले बताईसकेको साथै बताउने क्रम रहेको लुम्बिनी-कपिलबस्तु दिवस अभियानका विश्व संयोजक राम कुमार श्रेष्ठले बताएका छन् ।
यसै कुरालाई मध्येनजर गर्दै, संयुक्त राष्ट्रसंघका महासचिव, नोबेल पुरस्कार बिजेता दलाई लामा जस्ता ब्यक्तिहरुले लुम्बिनीको भ्रमण गरिसकेको बिज्ञप्तिमा उल्लेख छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us