Tuesday, 10 November 2015

भारतीय ट्रकमा आगजनी गरेको विप्लव माओवादीद्वारा स्वीकार

नेत्र विक्रम चन्द ‘विप्लव‘ नेतृत्वको नेकपा माओवादीले  भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी आफ्ना कार्यकर्ताले गरेको स्वीकार गरेको छ।  
सोमवार दिउँसो घोराही–लमही सडक खण्डको लक्ष्मीपुर –१ चौपट्टामाको जंगलमा युपी ५५ टी ४०२५ नम्बरको ट्रकमा अपरिचित समुहले आगजनी गरेको थियो। विप्लव माओवादीको जिल्ला नेतृत्वल पार्टीले घोषणा गरेको राष्ट्रिय स्वाधिनता आन्दोलनको कार्यक्रम अन्तरगत भारतीय नम्बर प्लेटको एउटा ट्रकमा आफ्ना कार्यकर्ताले आगजनी गरेको जानकारी दिएको हो। 
भारत महाराजजंग काशिनगरबाट दाङमा फलफूल ल्याएर आएको ट्रक फलफूल अनलोड गरी भारत फर्कने क्रममा नचिनेका व्यक्तिहरुले आगो लगाएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए। घोराही लमही सडक खण्डको चौपट्टामा भन्ने स्थानमा उक्त ट्रक रोकेर केराका डाँठ र पात लगायतका फोहर फाल्ने क्रममा नचिनेका केही व्यक्तिहरु आएर ट्रकमा आगजनी गरेर फरार भएको बयान प्रहरीसमक्ष चालकले दिएका छन्।
आगजनीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ। करिब ७५ क्विन्टल केरा लिएर ट्रक आइतवार मध्यरातमा घोराहीमा आएर फलफूल अनलोड गरेको प्रहरी वताएको छ ।


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us