Monday, 12 October 2015

ओलीलाई भोट हाल्ने सांसदलाई गोली हान्ने धम्की

केपी ओलीलाई भोट हालेमा गोली हानिदिने एमाओवादीका केही मधेसी सांसदलाई धम्की आएको छ । एमाओवादी सभासद निशा साहलाई केपी ओलीलाई भोट हालेमा गोली हानिदिने भन्दै अज्ञात व्यक्तिले धम्की दिएको हो । ‘मलाई मधेसतिरबाट फोनमा धम्की आयो,’ सांसद साहले भनिन्-‘ ओलीलाई भोट हालिस् भने मधेस आएका बेला गोली हान्छौं भनेर धम्की दिएका छन् ।’ निशालाई जस्तै एमाओवादी सांसद सोनिया यादवलाई पनि ओलीलाई भोट नहाल्न भन्दै फोनमा धम्की आएको थाहा भएको छ । ‘तर, जस्तै धम्की आए पनि हामी एमाओवादीका ८३ जना सभासदले पार्टीको निर्णयअनुसार पालना गर्नेछौं,’ सांसद निशाले अनलाइनखबरसँग भनिन् ।अन लाइन खबर

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us