Friday, 9 October 2015

प्रचण्डको प्रस्ताव र कमल थापाको समर्थनमा ओलीले उम्मेदवारी

नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा उम्मेदवारी दिँदै छन । उनलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्ने तयारी छ । यस्तै राप्रपा नेपाल सहित नेकपा माले, नेपाल मजदुर किसान पार्टी, जनमोर्चाले समर्थन गर्नेछन् । केहीबेरपछि संसदमा मनोनयन दर्ता हुँदैछ ।
बिहान बसेको एमाले संसदीय दलको बैठकले विगतमा भएको सहमति अनुसार आफ्नो नेतृत्वमा सरकार गठनको लागि अरु दलसँग छलफल गर्ने निर्णय भएको एमाले मुख्य सचेतक अग्नि खरेलले जानकारी दिए । एमालेले बन्द र नाकाबन्दी खुलाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us