Thursday, 29 October 2015

नेपाललाई इन्धन दिएको भन्दै राजेन्द्र महतोद्वारा चीनलाई ‘दुश्मन’ घोषणा

आन्दोलनरत मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उत्तर छिमेकी चीनलाई ‘दुश्मन’ घोषणा गरेका छन् । महतोले भारतबाट आपूर्ति रोकिएकाबेला चीनले नेपाललाई इन्धन दिएर आफूहरुसँगको सम्बन्ध दुश्मनीपूर्ण बनाएको उनले बताए । मधेस आन्दोलन कमजोर पर्ने नियतका साथ चीनले नेपाललाई इन्धन दिन लागेको उनको भनाइ थियो ।
‘हाम्रो आन्दोलन कमजोर पार्ने षड्यन्त्तअन्तर्गत चीनले नेपाललाई इन्धन दिन लागेको हो’, महतोले भने, ‘चीन हामीसँग दुश्मनीपूर्ण व्यवहार गर्दैछ, अब हामी चीनविरुद्ध पनि आन्दोलन गर्छौं ।’ उनले आफूहरुले सरकारसँग माग राखेर नाका केन्द्रित आन्दोलन गरिरहेको भन्दै नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरे । महतोले मधेसमा चीनविरोधी भावना बढेको भन्दै आन्दोलनका क्रममा चिनियाँ झण्डा जलाउने चेतावनी समेत दिए । यसअघि समेत मधेस आन्दोलनमा चीनको झण्डा जलाइएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us