Sunday, 25 October 2015

वीरगन्जमा झडपपछि गोली चल्यो

वीरगन्ज : वीरगन्जको पिपरामा शनिवार राति स्थानीयवासी र प्रहरीबीच झडप हुँदा प्रहरीले १५ राउण्ड अश्रु ग्याँस र २४ राउण्ड हवाइ फायर गरेको छ । प्रहरीले सानो पिपरा र ठूलो पिपपरा दुबै टोलको घर घरमा पसेर स्थानीयलाई कुटपिट गरेको स्थानीयबासीले बताएका छन् । झडपका क्रममा प्रहरीले ठुलो पिपरा टोलबाट तीनजना स्थानीय युवकहरुलाई नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पेट्रोल र डिजेल ओसार्ने सवारी साधनलाई रोक्न सानो पिपरा चोकमा बसेका स्थानीय युवकहरु र प्रहरीबीच झडप भएको हो । वीरगन्जबाट ग्यालेनमा पेट्राल लिएर जाँदै गरेको ना १२ प ४९७४ नम्बरको मोटरसाइकललाई स्थानीय युवकहरुले रोक्ने क्रममा उक्त मोटरसाइकलकै ठक्क्रबाट सानो पिपराका अवधेश पटेलको खुटटा भाँच्चिएपछि आक्रोशीत स्थानीयवासीले चालकलाई कुटपिट गर्दै मोटरसाइकलमा तोडफोड गरेका थिए ।अन्नपूर्णा

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us