काठमाडौँ ,२६ असोज। नेपाल आयल निगमले आज मंगलबार राजधानीका सबै पेट्रोल पम्पबाट पेट्रोल वितरण गर्ने भएको छ। निगमले उपत्यकाका काठमाडौ, भक्तपुर, ललितपुरसहित काभ्रे, बनेपा, दोलखा, रसुवा, नुवाकोट गरेर १ सय ७६ वटा पम्पलाई पेट्रोल दिने बताएको छ।
मंगलबार बिहान ८ बजेदेखि निगमले डिपो खोलेर पेट्रोलियम पदार्थ दिने जनाएको छ। दशैँका लागि निजी सवारी साधनलाई समेत पेट्रोल वितरण गर्ने भएको हो। निगमले मंगलबारका लागि झन्डै पाँच लाख लिटर पेट्रोल वितरण गर्नेछ ।
नाकाबन्दीपछि निगमले उपत्यकामा दिन लागेको यो सबैभन्दा बढी परिमाण हो। अहिले निगमले दैनिक ५० हजारको हाराहारीमा पेट्रोल वितरण गर्दै आएको छ।