Wednesday, 7 October 2015

भारत गएका नेपाली युवालाई मधेसी मोर्चाले काटेर फालिदिए

भैरहवास्थित बेलहिया नाकाबाट किनमेलका लागि भारत गएका एक युवालाई मधेसी मोर्चाका युवाले काटेर फालिदिएका छन् ।
किनमेलका लागि बुधबार दिउँसो भारत गएका रुपन्देहीको भलबारी गाविस सुकुम्बासी बस्तीका कृष्णबहादुर क्षेत्रीलार्इ कुटपिट गरेपछि धारिलो हतियारले शरीरका विभिन्न भागमा काटेर दशगजास्थित नेपाली भूमिमा फालिदिएका हुन् ।

मोर्चा कार्यकर्ताले धारिलो हतियार प्रहार गरेर क्षेत्रीको दाहिने हातका चारवटा औंला काटिदिएका छन् ।

कुटपिट र धारिलो हतियरले काटिएका उनको अवस्था चिन्ताजनक रहेको छ । उनको खुट्टा, हात, कुम र शरीरका दर्जनौं स्थामा धारिलो हतियारको गहिरो चोट छ ।

उनलार्इ दशगजाबाट प्रहरीले उद्धार गरेर स्थानीय मेडिकलमा उपचार गराइरहेको छ । उनी बुधबार बिहान किनमेलका लागि भारत छिरेका थिए ।

भारतीय भूमिमा प्रदर्शन गर्ने क्रममा मोर्चा कार्यकर्ताहरुले अहिले नेपाली सुरक्षाकर्मीमाथि ढुंगा बर्साइरहेका छन् ।

मोर्चाका कार्यकर्ताले हानेको ढुंगाले लागेर डिएसपी महेन्द्र खड्कासहित पाँचजना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा भारतीय भूमि तथा भारततर्फको दशगजामा रहेका मोर्चाका कार्यकर्ताले उग्र प्रदर्शन गरेका हुन् ।
भारतीय सुरक्षाकर्मीको आड र संरक्षणमा हिंश्रम प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले गुलेलीबाट समेत गुच्छा हानिरहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us