Saturday, 10 October 2015

सांसद् किन्न दिल्लीले एसबीआई बैंकमार्फत ९३ करोड भारु पठाएको खुलासा


सामाजिक सञ्जालमा सनसनी चर्चा : शनिबार भारतबाट झण्डै डेढ अर्ब रुपैयाँ काठमाडौं आइपुगेको छ । भारतको चेन्नाईबाट नेपालस्थित राजधानी काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासको खातामा ९३ करोड भन्दा बढी भारतीय रुपैयाँ आएको स्रोतबाट जानकारी प्राप्त भएको छ ।

 आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनलाई सांसद खरिद गर्न र केपी ओलीलाई हराउन भारतले गोप्य रुपमा रातारात नेपाल पैसा पठाएको उच्च स्रोतले जानकारी दिएको हो ।

 उक्त रकम चेन्नाईबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारी (Turai murgan) को नाममा SBI बैङ्कको (A/C number- 77008903617) मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको स्रोतले जनाएको छ ।

 दूतावासले बार्गेनिङमा रहेका केही सभासदलाई पैसा बाँडिरहेको बुझिएको छ । प्रधानमन्त्रीमा ओलीलाई जसरी पनि हराउन भारतले गुप्तचर संस्था ‘रअ’ का पूर्वप्रमुख एबी माथुर र नेपालस्थित राजदूत रञ्जित रायलाई खटाएको छ ।
भारतकै उक्साहटमा अन्तिम समयमा आएर सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us