Tuesday, 27 October 2015

राष्ट्रपतिका लागि मतदान सुरु, विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने निश्‍चित

राष्ट्रपति चयनका लागि संसदमा मतदान सुरु भएको छ। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बिहान ११ बजेदेखि मतदान सुरु भएको छ। बहुजन शक्ति पार्टीका सांसद विश्वेन्द्र पासवानले पहिलो मतदान गरेका छन्। राष्ट्रपति चयनका लागि मतदान गर्न ११ बज्नुअघि नै सांसदहरु चर्को घाममा लाइन लागिसकेका छन्। लाइन मतदान स्थल ल्होत्से हलदेखि बाहिर चउरसम्म पुगेको छ। मतदानका लागि सांसदहरुको तीन वटा लाइन बनाइएको छ। संसद्मा बुधबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म मतदान हुनेछ। राष्ट्रपति निर्वाचन गोप्य मतदान प्रक्रियाबाट हुनेछ। मतदान सकिएपछि साँढे २ बजेदेखि मतगणना हुनेछ भने अपरान्ह पौने ५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गर्नेछ। बुधबार साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रपतिका लागि नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले उम्मेदवारी दिएका छन्। भण्डारीलाई सत्ता गठबन्धनमा सहभागी १३ दलले समर्थन गरेका छन्। एकीकृत नेकपा माओवादीले भण्डारीलाई मतदान गर्न हिजो आफ्ना सांसदहरुलाई ह्वीप नै जारी गरेको छ। - पहिलोपोस्ट-

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us