Tuesday, 6 October 2015

आफ्नै घरमा पार्टीका नेताको हत्या भएपछि मोदी ठूलो संकटमा

नेपालमा नाकाबन्दी लगाइरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ठूलो संकटमा फसेका छन् ।
नेपालको संविधानमा असन्तुष्टि जनाएर संशोधन गर्न सुझाव दिने मोदी आफ्नो गृहनगर गुजरातमा भड्किएको हिंसा रोक्न असफल हुने चिन्ताले पद नै शंकटमा परेको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।
गुजरातमा भड्किएको हिंसाकै कारण मोदीका एक नेताको उनको घर नजिकै हत्या भएको छ । स्थानीय युवाहरुले भारतीय जनता पार्टीका महामन्त्री ४५ वर्षीय कपूरचन्द ठाकरेलाई कुटेर हत्या गरेको समाचारमा जनाइएको छ ।
मध्यराति दुई युवाको कुटपिटबाट घाइते ठाकरेको आइतबार उपचारका क्रममा नागपुरको निजी अस्पतालमा मृत्यु भएको थियो । यो घटनापछि गुजरातको सिवनीको जिल्लाको बरघाट सहर तनावग्रस्त बनेको छ ।
आफ्ना नेताको हत्या भएपछि सिवनी जिल्लाका गाउँ गाउँबाट कार्यकर्ता बरघाट पुगेर प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित कार्यकर्ताले सिवनी जिल्ला कलेक्टरको कारमा तोडफ़ोड गरेर जलाइदिएका छन् । स्थिती नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले बरघाट बजारमा सोमबार बेलुकादेखि अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us