मधेशी दलका नेता कार्यकर्ताले वीरगन्ज रक्सौल नाकाको दसगजा क्षेत्रमा डेढ महिना देखि धर्ना दिएर नाकाबन्दी गरेका छन्। तर शुक्रबार राति त्यही धर्नास्थल हुँदै हतियार र बर्दी सहितका भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन्।
शुक्रबार बेलुकी आठ बजेतिर बी आर ३३ एम ७६१६ नम्बरको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु नेपाल छिरेका हुन् ।
वीरगन्ज र रक्सौल नाका बीचको मितेरी पुलमा दिनरात २४ सै घण्टा धर्ना दिएका आन्दोलनकारीहरुले सवारी सधानको आवागमन ठप्प पारे पनि शुक्रबार बेलुकी हतियार र बर्दि सहितका भारतीय प्रहरी सवार दुवै गाडी धर्ना जारी रहेकै मितेरी पुल पार गरेर वीरगन्ज प्रवेश गरेका हुन्।अन्नपूर्ण पोस्टमा खबर छ ।