Sunday, 18 October 2015

सलमानले गुपचुप इन्गेजमेण्ट गरेको दाबी

केही समयअघि भारत आएर सलमानलाई भेटेकी रोमानिया अभिनेत्री लुलिया वन्तुरसँग सलमानले गुपचुप इन्गेजमेण्ट गरेको स्रोतले दाबी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रोमानियामा सलमान र लुलियाको इन्गेजमेण्टको चर्चा भइरहेको छ ।
रोमानियाली अभिनेत्री भारत आउँदा उनको र सलमानको प्रेम रहेको चर्चा चलेको थियो । बहिनी अर्पिताको बिहेमा सलमानले आफ्ना आफन्तसँग गर्लफ्रेण्डको रुपमा चिनाएको पनि बताइएको थियो । सलमानले त्यतिबेलै लुलियासँग बिहे गर्ने मुड बनाएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका थिए । तर, सलमानका निकटस्थले भने त्यतिबेला हल्ला मात्र भएको दाबी गरेका थिए ।
रोमानियाली स्रोतका अनुसार भने सलमानले अर्को वर्ष बिहे गर्ने सम्भावना बढेको छ । यो चर्चा रोमानियाको एक सञ्चार अनलाइनबाट सुरु भएको हो । जुन अनलाइनमा लुलियाका केही फोटाहरु पोष्ट भएका छन् । फोटोमा लुलियाको हातमा एउटा औंठी देखिन्छ । यसैको आधारमा हल्ला चलेको बताइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us