पार्टी संसदीय दलको बैठकमा आइतबार प्रचण्डले रातभर सांसद खिचातानीको प्रयास भएको सुनाए । ‘३ करोड, ५ करोडसम्मको अफर आएको र केही सभासदहरुले धम्की आयो भन्ने अध्यक्षले ब्रिफिङ गर्नुभयो, एक सभासदले बताए ।
तर जस्तै प्रलोभन आए पनि त्यसलाई परास्त गर्दै एक ढिक्का भएर केपी ओलीको पक्षमा मतदान गर्न प्रचण्डले आफ्ना सभासदहरुलाई निर्देशन दिए ।