भारतले अघोषित नाकाबन्दी खुला गरेपछि पूर्वी नाकाबाट ७० बढी कन्टेनरहरु नेपाल भित्रिएका छन् ।
मेची भन्सार कार्याललयका अनुसार शनिबार राति साढे १० बजेसम्म नाकाबाट कन्टेनरहरु भित्रिएका थिए । अहिले बिहानसम्म ७० बढी कन्टेनरहरु भन्सार परिसरमा रहेको भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए ।
‘नाकाबन्दी खुलेपछि पानीट्यांकीमा अलपत्र कन्टेनहरु क्रमशस् भित्रिरहेका छन्, अधिकारीले भने, ‘भित्रिएका कन्टेनहरु जाँच पासको प्रक्रियामा छन् ।’
भन्सारका अनुसार ग्यास, क्लिङकर, जिप्सम, कपडा, इलेक्ट्रिक सामानलगायत अन्य सामान बोकेका कन्टेनर भित्रिएका छन् । पेट्रोल भर्न गएका २० ट्याङकर तेल भर्ने प्रक्रियामा भारतीय आयल निगमको सिलिगुडी डिपोमा अड्किएर बसेको छ ।
भारतको पानीट्याङ्कीस्थित सीमा सुरक्षा बल ९एसएसबी० का अधिकारीले दिल्लीबाट नाका सहज बनाउन आदेश आइसकेकाले दुई दिनभित्रमा अलपत्र सबै कन्टेनरहरु नेपाल छिरिसक्ने बताएका छन् । पहिला एसएसबीले एउटा कन्टेनर जाँच गर्न २ देखि ३ घण्टा लगाउँदै आएकोमा अहिले आधा घण्टाभित्रमा जाँच गरेर छाड्न थालेको व्यवसायीको भनाई छ ।