इन्धनको अभाव भैरहेका बेला दाङमा सल्लाको खोटोबाट सवारी साधन चलाउन सकिने सफल परीक्षण गरिएको छ । घोराही नगरपालिका ११ निवासी युवा वैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परीक्षण गरेका हुन् ।
जंगलमा पाइने सल्लाको खोटोलाई प्रशोधन गरी सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण भएको हो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने रोकाको भनाइ छ ।
मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई बोतल मार्फत जडान गरी मोटरसाइकल चलाएर मार्सलले देखाएका छन् ।
रोकाले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि आफूले तयार पारेको जानकारी दिए ।
दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले उक्त खोटोको इन्धनबाट मोटरसाइकल चलाएर प्रयोग गरे ।