Thursday, 29 October 2015

राजमार्ग अबरुद्ध गरेर बसेका मोर्चाका कार्यकर्तालाई स्थानीयले लखेटे

रौतहटमा राजमार्ग अबरुद्ध गरेर बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् ।
बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर गौर सडकखण्डको गरुडा नगरपालिका–११ बिर्तामा बुधबार राति राजमार्ग अबरुद्ध पारेर बसेका मोर्चाका कार्यकर्तालाई स्थानीय बासिन्दाले प्रतिकार गरेर लखेटेका हुन् ।
स्थानीयबासिन्दाले मोर्चाका कार्यकर्ता बस्ने त्रिपाल भत्काईदिएर अबरुद्ध राजमार्ग खुलाएका हुन् । पछिल्लो समय स्थानियले सिमापारी भारतबाट तेल भरेर ल्याउने क्रम बढ्न थालेपछि मोर्चाको कार्यकर्ताले राजमार्गमै पाल हालेर धर्ना दिंदै आएका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us