
स्थानिय पत्रिका द सनले प्रकाशित गरेको समाचार अनुसार नयाँ घोषणामा पश्चिमी मलेसिया (साबह र सेरावाक बाहेक) मा कार्यरत कामदारका लागि १ हजार रिंगिट र पूर्वी मलेसिया (सावाह, सारावक र लाबुवान) मा कार्यरत कामदारका लागि ९२० रिंगिट न्युनतम ज्याला तोकिएको छ । बढेको तलबमान स्थानिय र बिदेशी सबै कामदारका लागि भएकोले यसको पूर्ण कार्यान्वायन भए त्यहाँ कार्यरत ८ लाख नेपाली लाभान्वित हुनेछन । मलेसियाली सरकारले यसअघि २०१३ को जनवरी महिनामा न्यूनतम पारिश्रमिक तोकेको थियो । यो नीति ६ महिना परिक्षणका रुपमा समेत कार्यान्वयन गरिएको थियो ।
हाल पश्चिमी मलेसियामा कार्यरत कामदारले मासिक ९ सय रिंगिट र पूर्वी मलेसियामा कार्यरत कामदारले ८ सय रिंगिट न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । सरकारले घोषणा गरेको पारिश्रमिक लागू नगर्ने रोजगारदाताहरुलाई प्रति कामदार १ लाख रिंगिटसम्म जरिवाना हुन सक्ने जनाएको छ ।