Saturday, 24 October 2015

मधेस आन्दोलन अझ सशक्त रुपमा अघि बढाउने मोर्चाको चेतावनी

मधेसवादी दलका शीर्ष नेताहरुले जारी मधेस आन्दोलन अझ सशक्त रुपमा अघि बढाउने चेतावनी दिएका छन् । उनीहरुले मधेस आन्दोलनलाई बदनाम गराउन सतापक्षद्वारा विभिन्न षडयन्त्र गरिरहेको आरोप लगाउँदै जारी आन्दोलन लक्ष्य प्राप्ति नहुन्जेल बिराम नलगाइने बताए ।

 विराटनगरमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दे तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनलाई कमजोर बनाउनका लागि आफ्नो नाम राष्ट्रपति पदसित जोडेर अफवाह फैलाइएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री केपी ओली बिरुद्ध अक्रामक देखिएका नेता ठाकुरले ओलीलाई मधेस विरोधी र मधेसका अपराधीको संज्ञा दिनुभयो । मधेसी मोर्चाको माग सम्बोधन नगरि ल्याइएको संविधान कुनै हालतमा आफूहरुलाई मान्य नहुने नेता ठाकुरले दावि गर्नुभयो । उहाँले दसैंका कारण केही खुकुलो देखिएको आन्दोलन अब अझै कडा र सशक्त हुने बताउनुभयो । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबारदेखि आन्दोलनको स्वरुप थप कडा हुने बताउनुभयो ।

उहाँले मधेसका जिल्लामा अब कुनैपनि हालतमा सरकारी कार्यालय चल्न नदिने चेतावनी दिनुभयो । नेता यादवले सीमा क्षेत्रमा भारतले नभई मधेसी मोर्चाले नाकाबन्दी गरेको बताउँदै सीमा क्षेत्रको धर्ना र नाकाबन्दीलाई समेत थप सशक्त पार्ने बताउनुभयो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us