Saturday, 24 October 2015

भिटामिन बी कम्प्लेक्सको स्रोत के के हुन् ?

मासुजन्य पदार्थ दूधजन्य पदार्थ (दूध, दही,पनीर, चीज आदी) जमीन भित्र फल्ने फल (आलू, गाजर, मूला, सलगम, तरुल आदी) भिटामिन बी बिभिन्न रुपमा पाइन्छ । बी १, बी२, बी३ र बी १६ । यी चार तत्वको सम्मिलित रुप नै भिटामिन बी कम्प्लेक्स हो । भिटामिन बीको पहिलो सदस्य ‘थाइमीन’ हो । त्यसैले यसलाई बी१ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउछ । बी१ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहू, जौ, सोयाबीन, केराउ, बदाम आदीमा पाइन्छ । भिटामिन बी२ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ । यो मुख र आखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । यो दूध, दही, बिभिन्न अनाज, हरियो सागसब्जिमा पाइन्छ । भिटामिन बी६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाको लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ । भिटामिन बी१२ को रासायनिक नाम ‘सायनोकाबालामीन’ हो । यो छाला, हड्डी, काशिका, मांसपेशिका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदीमा पाइन्छ । भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटीन, पैन्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us