प्रधानमन्त्रीका उम्मेद्वार सुशील कोइरालाको एक भोट घटेको छ । आफ्नै पार्टीका सभासद प्रदीप गिरीले भोट हाल्न नपाएपछि उनको भोट घटेको हो ।
व्यवस्थापिका संसदमा निर्वाचन प्रक्रिया सुरु भएको जनाउ घण्टी सभामुखले दिँदा संविधानसभा भवनबाहिर रहेका उनी भित्र आउन लाग्दालाग्दै सबै ढोका बन्द भएपछि उनी मतदान प्रक्रियामा सहभागी हुन नपाएका हुन् ।