Sunday, 11 October 2015

ओली समर्थक तीन सभासद भए गायव

एमालेकातर्फबाट प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीलाई सहयोग गर्ने लिष्टमा रहेका तीन सभासदले क्याम्प परिवर्तन गरेका छन्। ओलीको समर्थकसमेत रहेका तीन सभासद संसदबाटै गायव भएका छन्।
खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार राई, नेपाली जनता दलका सभासद हरिचरण साह र दलित जनजाति पार्टी नेपालका सभासद यशोदा कुमारी लामा एकाएक संसदबाट गायव भएका हुन्। उनीहरुले एमालेले आफूहरुलाई भाउ नदिएको भन्दै क्याम्प परिवर्तन गरेको उनीहरुले बताएका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us