चीनले आफूविरुद्ध भइरहेका गतिविधि बन्द गर्न भारतलार्इ चेतावनी दिएको छ ।
चिनियाँ सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार चीन सरकाले दुर्इ देशबीचको सम्बन्ध राम्रो रहेको जनाउँदै आफ्ना विरोधीहरुसँग उठबस नगर्न भारतलार्इ चेतावनी दिइएको हो ।
चीनको यो कडा टिप्पणी भारत मालाबार नौ सैन्य अभ्यासमार्फत जापानसँग जोडिएको पृष्ठभूमिमा आएको हो ।
चिनियाँ सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ मा बुधबार प्रकाशित एक लेखमा भनिएको छ चीन भारत सम्बन्ध धरै राम्रो अवस्थामा छ । यसकारण स्वस्थ सम्बन्ध दुबै देशका लागि लाभदायक हुनेछ । भारतलार्इ चीन विरोधी खेममा लैजाने प्रयासबारे उसले सतर्क रहन जरुरी छ ।
पत्रिकामा भारत-चीन संयुक्त अभ्यास र मालाबार अभ्यासबारे उल्लेख गरिएको छ । मालाबार अभ्यासमा भारत, अमेरिका र जापानको नौ सैनिकले भाग लिएका छन् ।
आइतबारमात्रै चीनको युन्नान प्रान्तको कुनमिङ्ग शहमा १० दिने भारत-चीन आतंकवाद निरोधक संयुक्त सैन्य अभ्यास शुरु भएको छ।