प्रधानमन्त्री केपी शर्मा ओलीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री छन् ।
उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् भने मन्त्रीहरुमा अग्नि खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, हरिबोल गजुरेल र रामकुमार सुब्बा छन् ।
थापा र सुब्बा राप्रपा नेपालका हुन् भने गजुरेल एमाओवादी र गच्छदार फोरम लोकतािन्त्रकबाट मन्त्री बनेका हुन् । खरेल, पाण्डे र मण्डल एमालेबाट मन्त्री छानिएका हुन् ।