Sunday, 11 October 2015

मोर्चाका कार्यकर्ताले भारतीय मालवाहक गाडी जलाए

मधेसी मोर्चाका कार्यकर्ताहरूले मोरङको नेमुवामा भारतीय नम्बर प्लेटको एउटा मालवाहक गाडी जलाएका छन् ।
 मोर्चाका कार्यकर्ताहरूले आइतबार राति ९ बजे डब्लुबीसी ६३९० नम्बरको भारतीय गाडीमा पेट्रोल बम हानेर जलाएका हुन् । मोर्चाका कार्यकर्ताले हानेको पेट्रोल बमले सो भारतीय गाडी जलेर पूर्णरूपमा नष्ट भएको छ ।

रुपैडिया नाकामा भारतीय अवरोध हट्यो
भारतको रुपैडिया नाकाबाट आज ३१ वटा डिजेलका ट्रयाङकर, ११ वटा ग्यासका बुलेट र ६ हवाई इन्धनका गरी ४८ गाडी पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ।

भारतले अघोषित नाकाबन्दी शुरु गरेयता भारतीय सुरक्षाकर्मीले रोकेर राखेका इन्धनका सबै गाडी आज नेपाल भित्रिएको नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जले जनाएको छ।

 भारतबाट डिजेल सहज रुपमा भित्रिए पनि पेट्रोल भने अझै सहज रुपमा आउन सकेको छैन।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us