Saturday, 10 October 2015

अमेरिकाले नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई सचेत

भारतले नेपालमा नाकाबन्दी लगाएका कारण इन्धनको अभाव बढेको भन्दै अमेरिकाले नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई सचेत गराएको छ । काठमाडौंमा रहेको अमेरिकी दुतावासले शुक्रबार ट्राभल एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई सचेत गराएको हो । नेपालमा इन्धन अभाव बढ्दै गएको र सीमा नाकामा भारतले नाकाबन्दी लगाएकाले अब नेपाल भ्रमण गर्दा समस्या पर्न सक्ने भन्दै अमेरिकाले सचेत गराएको हो । अमेरिकाले नेपालमा देशव्यापी रुपमा इन्धनको समस्या रहेको भन्दै दुर्गम क्षेत्रमा सकेसम्म नजान आग्रह गरेको छ । इन्धन अभावका कारण नेपालमा अहिले स्रोत साधन समिति भएकाले दुर्गम क्षेत्रमा जाँदा कुनै समस्या परे समाधान गर्न सिमित मात्र विकल्प हुने अमेरिकाको भनाई छ ।पर्यटकको सेवा सुविधालाई निरन्तरता दिइरहेपनि पहिलेको जस्तो अवस्था नरहेकोले सीमित र थोरै सुविधा हुँदा सतर्कता अपनाउन अमेरिकाले भनेको छ । एड्भाइजरीमा नेपालमा देखिएको इन्धनको समस्या एक दुई हप्तामा पनि समाधान हुने नदेखिएको उल्लेख छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us