Friday, 23 October 2015

मंगलवारसम्म चीनवाट एक हजार मेट्रिकटन इन्धन नेपाल आउने



सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ । बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन चीनबाट पेट्रोलियम ल्याउन सक्रिय भएका हुन् ।
पुनले त्यसबारे शनिबार नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई, चीनका लागि नेपाली राजदूत महेश मास्केसँग छलफल गरेका छन् । छलफलको चाँजोपाँजो एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मिलाएका हुन् । माओवादीले गठन गरेको सरकार सञ्चालन समितिका संयोजक समेत रहेका श्रेष्ठ पनि छलफलमा सहभागी थिए । छलफलका क्रममा चिनियाँ राजदूत चुन्ताइले चीन इन्धन दिन तयार रहेको भन्दै त्यसबारे औपचारिक प्रस्ताव ल्याउन आग्रह गरेका थिए । ‘चीनबाट इन्धन ल्याउने प्रक्रियामा गम्भीर र सकारात्मक छलफल भएको छ’, छलफल श्रोतले भन्यो, ‘चीन आवश्यक इन्धन तत्काल उपलब्ध गराउन तयार छ ।’ भारतले अघोषित नाकाबन्दी तत्काल नहटाउने संकेत पाएपछि सरकारले विकल्पमा चीनबाट इन्धन ढुवानी प्रक्रिया अघि बढाउन लागेको हो । चीनले पूर्ववर्ती सुशील कोइराला नेतृत्वकै सरकारका बेलामसेत इन्धन दिन तयार रहेको बताएको थियो । तर सरकारी तवरबाट प्रयास नहुँदा चीनबाट इन्धन ल्याउने प्रक्रिया अलपत्र परेको थियो । स्रोतका अनुसार प्रक्रिया छिटो अगाडि बढे पहिलो लटमा आगामी मंगलबार एक हजार मेट्रिकटन इन्धन नेपाल आइपुग्नेछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us