Thursday, 1 October 2015

रिक्साबाट लाश खसेपछि जनकपुरमा तनाव


जनकपुर अञ्चल अस्पतालबाट दुधमती खोलातार्फ रिक्सामा लैजाँदै गरेको लाश बाटैमा खसेपछि धनुषामा तनाव भएको छ । बिहीबार आन्दोलनकारीहरुले मानव साङ्लो सहितको जुलुश आयोजना गरेको थिए । आन्दोलन चलिरहेका बेला अंचल अस्पतालमा रहेका वेवारिसे लाशहरु सद्गद् गर्नका लागी नगरपालीकाले दुधमती खोलामा पठाएको थियो ।dhanusha जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी नकुल पोखरेलका अनुसार आन्दोलनको समयमा शव देखेपछी आन्दोलनकारीहरु दुधमती खोलामा जम्मा भएका थिए । स्थानीयका अनुसार दुधमती खोलामा लैजाँदै गर्दा बाटोमा लाश खसेको एक स्थानिय महिलाले देखेकी थिइन् । ति महिलाले यो केहो ? भनेर सोध्दा रिक्सा चालकको लाश गाड्न जान थालेको भनेपछी आन्दोलनकारीहरु शसंकित भएर सो खोलातर्फ लागेका थिए । धनुषामा आन्दोलरत एक नेताले ति लाशहरु आन्दोलनकारीकै भएको दावी गरेपनी प्रहरीले भने अस्विकार गरेको छ । डिएसी नकुल ढकालका अनुसार तिन महिना अघि नै ति बेवारिसे लाशहरुलाई प्रहरीले मुचुल्का सहित सद्गद्का लागी नगरपालिकाको जिम्मा लगाएको थियो । ‘त्यस्ता वेवारिसे लाशहरु नगरपालीकाले दुधमती खोलामा गाड्ने गरेको रहेछ ’ डिएसपी पोखरेलले भने, ‘स्थानिय डोमहरुले रिक्सामा हालेर लैजाँदै गर्दा आन्दोलनकारीले देखेपछी उनिहरु शसंकित भएका हुन्, नगरपालिकाले तिन दिनअघी पनी तिन ओटा लाशहरु सोही ठाउँमा गाडेको थियो आज पनी त्यस्तै भएको हो । यो कुनै आन्दोलनकारीको लाश होइन् ।’रातो पाटी

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us