
बैठकले मोदीसँग हटलाइन कुरा गर्न
प्रधानमन्त्री सुशील कोइरालालाई जिम्मा दिएको थियो । तर, २४ घण्टा बित्दा
पनि प्रधानमन्त्री कोइरालाले मोदीसँग सम्वाद गर्न सकेका छैनन् ।
‘हामीले कुराकानी गर्ने प्रयास गरिरहेका
छौं, तर भारत सरकारले खासै रेस्पोन्स गरिरहेको छैन’ दिल्लीस्थित नेपाली
दूतावास स्रोतले अनलाइनखबरसँग भन्यो- उनीहरु राम्रो हुँदैछ भन्छन्, तर
राम्रो भएको भए त व्यवहारमा देखिनुपर्ने हो, नाकाहरु सहजरुपमा खुल्नुपर्ने
हो, त्यो हुन सकिरहेको छैन ।’
भारत झनै अनुदार देखियो
नेपालका कूटनीतिक अधिकारीहरुले जति नै प्रयास गर्दा पनि भारतले नाकाबन्दी खोल्नेबारे तदरुकता देखाएको छैन ।
दिल्लीमा रहेको नेपाली राजदूत दीपकुमार
उपाध्यायले भारतीय पक्षसँग कुरा गर्ने प्रयास गरिरहका छन् । तर, सुशील
कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्वाद हुन सकेको छैन ।
कोइराला र मोदीबीच नै कुरा गर्ने तीन दलीय
निर्णयबारे अनलाइनखबरले सोध्दा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार
दीनेश भट्टराईले अनविज्ञता प्रकट गरे । साथै समस्या समाधानका लागि पहल
भइरहेको भन्दै उनले भने-‘देखिने गरी नजिता नआउँदासम्म नगरेको जस्तै देखिन्छ
। अहिले त्यस्तै अवस्था छ ।’
अब के गर्ने भन्नेबारे छलफल भइरहेको र इन्धनको अभावका कारण जनताले पाएको दुःखप्रति प्रधानमन्त्री कोइराला चिन्तित रहेको उनले बताए ।
भारतका लागि नेपाली राजदूत दीपकुमार
उपाध्यायले आपूर्ति सहज बनाउने प्रयास भइरहेको बताए । भारतीय अधिकारीहरुले
राम्रो हुँदैछ भने पनि व्यवहारमा नदेखिएको उनको गुनासो छ । अनलाइनखबरसँग
फोनमा कुराकानी गर्दै राजदूत उपाध्यायले दसैंतिहारमा इन्धन र औषधी आपूर्ति
गराउने प्रयास भइरहेका बताए ।
नेपालमा नयाँ संविधान जारी भएदेखि मधेसमा
चर्किएको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी लगाएको छ ।
बोलीमा नाका सहज पारिने बताए पनि व्यवहारतःअहिलेसम्म भारतले नाका खोल्नुको
साटो झनै कडा पारेको छ ।
भारतको बिहारमा चुनाव लागेका कारण
प्रधानमन्त्री मोदी विहारका विभिन्न चुनाबी सभातिर व्यवस्था भएका छन् ।
जसले गर्दा उनले नेपालीहरुको पीरमर्काप्रति चासो दिन छाडेको नेपाली
अधिकारीहरुको गुनासो छ ।