
फरक फरक भाषा प्रयोग गरि
प्रचण्डलाई मार्ने धम्की आएपछि प्रचण्ड निवासको सुरक्षा व्यवस्था कडा
बनाईको पनि स्रोत बताएको छ । मदन भण्डारीको बाटो रोज्ने की चुप लागेर बस्ने
जस्ता धम्की दिएको बताईएको छ । यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष
‘प्रचण्ड‘ले प्रधानमन्त्री र राष्ट्रपति बन्ने प्रस्ताव आएको र नमानेपछि
ठूलै शक्तिबाट ठूलै धम्की आएको समेत रहस्य खोलेका छन् ।
उनले
धम्कीको अर्थ आफूलाई मार्ने, पार्टी फुटाउने वा आफूहरुलाई लडाकुलाई दिइएको
२० अर्बको मुद्धा लगाउने हुनसक्ने समेत बताए ।
प्रचण्डले ठुलो शक्तिसँग आफु मर्न पनि तयार भएको र मुद्धा खेपेर जेल बस्न
पनि तयार भएको तर आफ्नो पार्टीका नेतालाई ठूलो रकम दिएर ठूला नेताको दिमाग
खराब गरेर पार्टी फुटाउने काममा आफु नलाग्ने र उसलाई पनि नलाग्न चुनौती
दिएको रहस्य खोलेका छन् ।
अब नयाँ तरिकारले
पार्टी निर्माणतिर लाग्ने बताएका छन् । संविधान निर्माणका लागि आफूहरु
पार्टीलाई वेवास्ता गरेर लागेको स्वीकार गर्दै प्रचण्डले भने अहिले सम्म जे
भयो, भयो अब अर्को निर्वाचनसम्ममा आफ्नो पार्टीलाई नम्बर एक बनाइछाड्ने
बताए ।
सुनसरीको इटहरीमा बुधबार भएको राजनीतिक
वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम भट्राई प्रति
लक्षित गर्दै भने एक दुई जनाले पार्टी छोड्दैमा एमाओवादी टुहुरो हुँदैन अब
पुर्नगठनमा हामीले परै समय लगाउँछौँ ।
प्रचण्डले बाबुरामले दिएको राजिनामा संसदमा स्वीकृत हुनबाट आफैले रोकेको
समेत रहस्यउद्घाटन गरे ।
भट्टराईलाई आउँदो
केन्द्रिय समितिको बैठकसम्म पर्खिने र त्यसपछि मात्र उनको राजिनामा र उनले
अंगालेको सिद्धान्तको चर्चा गर्ने प्रचण्डको कथन छ । उनले भने बाबुरामजीले
हिजो अस्ती कता कता बोल्दै हुनुहुन्थ्यो, त्यस्तरी तलै उत्रिएर बोल्ने
पक्षमा हामी अहिले छँदै छैनौं,’ ।