
‘भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ,’ खड्काले भने, ‘त्यसक्रममा नेपालको संविधान निर्माण र त्यसपछिका राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुहुनेछ।’ चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’ सम्बन्धी एसियाली राजनीतिक दलहरूको विशेष सम्मेलनमा पनि दाहालले सहभागिता जनाउने खड्काले बताए।
‘सम्मेलनमा सहभागिता मात्र भए त उहाँले कसैलाई प्रतिनिधिका रूपमा पठाउनुहुन्थ्यो, तर उच्चस्तरीय भेट पनि गर्ने भन्दै उहाँलाई नै निम्त्याइएकाले आफैं जान लाग्नुभएको हो,’ उनले भने। यसअघि पनि सम्मेलनमा सहभागिताका लागि गत चैत दोस्रो साता कुन्मिङ गएका दाहाललाई चिनियाँ अधिकारीहरूले विशेष विमानबाट बेइजिङ लगेर उच्चस्तरीय भेटवार्ता गराएका थिए।
यो खबर कान्तिपुर दैनिकको हो |