Thursday, 1 October 2015

नाकाबन्दीविरुद्ध मोदीको शवयात्रा

कोहलपुर-भारतको अमानवीय नाकाबन्दीको विरोधमा कोहलपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शवयात्रा निकालिएको छ। शवयात्रामा हजारौ सर्वसाधरणको सहभागीता रहेको थियो। उल्टो बाजासहित मोदीको शवयात्रा कोहलपुर नगर परिक्रमा गरेको थियो। शवयात्रा बजार परिक्रमा गरेपछि डुडुवा खोलामा दाहसंस्कार गरेर सकिएको थियो।

कोहलपुर क्षेत्रका राजनैतिक दल, विद्यार्थी, युवा विद्यार्थी संगठन, यातायात मजदुर, व्यापारी लगायत हजारौ सर्वसाधरणको शवयात्रामा सहभागीता जनाए। उनीहरुले भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधिनताका लागि आम जनसमुदाय एक जुट हौ, बुद्ध नेपालमा जन्मिएका हुन्, भारतीय विस्तारवाद खवरदार लगायतका नारा लगाए। उनीहरुले भारतीय झण्डा फहराउँदै मोदीको शवयात्रा निकाले।

शवयात्रामा पाँच ताल बाजा प्रयोग गरिएको थियो। शवयात्रामा कोहलपुर नगरबाहेक नौवस्ता, चिसापानी, समशेरगन्ज, महादेवपुर लगायत ग्रामिण क्षेत्रका नागरिक स्वस्फूर्त सहभागी जनाए। शवयात्राका सहभागीले देशको आन्तरिक मामिला समाधान गर्न नेपालीहरु आँफै सक्षम रहेको बताउँदै भारतीय हस्तक्षेप स्वीकार्य नहुने बताए। देशको राजनीतिक सक्रंमणको फाईदा उठाउँदै भारतीय पक्षले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गरेको उनीहरुको दावी थियो। देशको सम्वृद्धि, विकास र शान्तिका लागि नेपाल भारत सीमा बन्द गरि पासर्पोटको व्यवस्था लगाउनुपर्ने आवाज समेत उठाए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us