Saturday, 10 October 2015

दशैंका लागि थारुको बन्द हड्ताल फिर्ता

धनगढी : थरुहट/थारुवान संघर्ष समितीले दशैं तिहारलाई मध्यनजर गर्दै बन्द र चक्काजामको कार्यक्रम फिर्ता लिएको छ ।
शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै थरुहट/थारुवान संघर्ष समिती कैलालीका प्रवक्ता माधव चौधरीले, दशैंसम्मका लागि कैलालीमा बन्द र हड्ताल फिर्ता लिएको बताए ।
उनले कैलालीको कुनै पनि स्थानमा यात्रुबाहक सवारी साधनहरु र मालवाहक ट्रकहरु निर्वाधरुपमा चल्न दिने जानकारी गराए ।
पत्रकार सम्मेलनमा, यसपालीको दशैंलाई कालो दशैकारुपमा मनाउने निर्णय गरिएको प्रवक्ता माधव चौधरीले बताए ।
यस्तै सरकारी, गैरसरकारी, तथा सार्वजनीक स्थलमा थरुहट/थारुवान स्वायत्त प्रदेशको भित्ते लेखन जारी राख्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
अहिले खेतीपाती भित्र्याउने बेला भएकाले, खेतमै पनि कालो झण्डा गाडेर अन्नवाली स्याहार निर्णय गरिएको संघर्ष समितिले जनाएको छ ।
कात्तिक १५ गतेसम्म जनजागरण अभियान सञ्चालन गर्ने, २८ गते कैलालीको पश्चिमी कमाण्ड र ३० गते पुर्वी कमाण्डमा युवा स्वयमसेवकलाई राजनीतिक वैचारीक प्रशिक्षण दिने र राज्यलाई असहोग अभियान सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us