राष्ट्रपति रामवरण यादवले राष्ट्रपति भवन
शीतल निवासमा आज विहान १०:५५ बजेको शुभसाइतमा हनुमानढोका दसैंघरका मूल
पुजारी देवराज अर्याल र पण्डित शङ्करप्रसाद सिग्देलबाट विजया दशमीको टीका
लगाउनुभयो । राष्ट्रपतिलाई पुजारीहरूले शास्त्रोक्त विधिपूर्वक अभिषेक
गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभयो ।
साथै, राष्ट्रपतिले पनि आफ्नो परिवारका
सदस्यका साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतल निवासमा
आयोजित समारोहमा टीका र जमरा लगाईदिनुभयो ।
राष्ट्रपति यादवबाट बिना विभागीय मन्त्री
विश्वेन्द्र पासवान, सशस्त्र प्रहरी वलका महानिरीक्षक कोषराज वन्त, प्रहरी
महानिरीक्षक उपेन्द्रकान्त अर्याल, गैरआवासीय नेपाली सङ्गठनका अध्यक्ष शेष
घलेलगायतले पनि टीका लगाउनुभयो ।
यसैबीच राष्ट्रपति यादवले अपरान्ह साढे एक बजेबाट साँझ ५ बजेसम्म ईच्छुक सर्वसाधारणका लागि शितल निवासमा टीका लगाईदिनुभएको । रासस