Thursday, 22 October 2015

नेपाल यू-१९ विश्वकपका लागि छनोट, आयरल्याण्ड ३ विकेटले पराजित

मलेसियामा बिहिबार सम्पन्न आईसीसी यु १९ विश्वकप क्रिकेट छनोट चरणमा अविजीत रहँदै नेपाल अर्को वर्ष बंगलादेशमा हुने यु १९ विश्वकपमा छनोट भएको छ ।
विजया दशमीका दिन भएको फाइनलमा नवमीको दिनकै प्रतिद्वन्द्वी आयरल्याण्डलाई पुनः पराजीत गर्दै उपाधी जितेको हो । फाइनलमा आयरल्याण्डलाई पराजत गर्न नेपालले अन्तिम समयसँम्म संघर्ष गर्नुपरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डलले दिएको १८५ रनको विजयी लक्ष्य भेट्टाउन नेपालले ७ विकेट खर्च गरेर ४६ ओभरसम्म खेल्नु परेको थियो ।

पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले खेलेका सबै खेलमा सानदार विजय हाँसिल गर्दै उपाधीसहित विश्वकपको ढोका खोलेको हो । नेपालले अघिल्लो विश्वकमा छनोट चरण पार गर्न असफल भएको थियो ।
उमेर समूहको विश्वकप अन्तर्गत प्लेट च्याम्पिनको उपविजेता रहिसकेको नेपालले यसअघि दक्षिण अफ्रिका। पाकिस्तान, बंगलादेश जस्ता टेस्ट खेल्ने राष्ट्रलाई हराएका गौरबशाली इतिहास छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us