आगलागीको जोखिम बढेको भन्दै स्थानीय प्रहरीले पूर्वीनाका काँकडभिट्टाको मुख्य बजार र बसपार्कबाट पेट्रोल र डिजेलका फुटपाथे पसल हटाएको छ । काँकडभिट्टा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी भन्सार राजस्व गुल्म र मेची उद्योग वाणिज्य सङ्घले संयुक्तरुपमा माइकिङ गरी बजार क्षेत्रमा पेट्रोल र डिजेल बेच्न निषेध गरिएको हो । भारतले अघोषित नाकाबन्दी लगाएपछि स्थानीय खुद्रा व्यवसायीले काँकडभिट्टाको बसपार्क र मुख्य बजार क्षेत्रमा पेट्रोल र डिजेलका जथाभावी सयौँ पसल चलाएका थिए ।
