Tuesday, 6 October 2015

भारतले भित्तामा पुर्‍याउँदा पनि चीनसँग किन कुरा गर्दैन सरकार


छिमेकी भारतले विगत २ साता देखि गरिरहेको अत्याचारी नाकाबन्दीले देशभरी हाहाकार भैसकेको छ । इन्धन अभावले जीवनका सबै पाटा प्रभावित भएका छन् । अघिपछि दशैंको चहलपहल भैसक्ने समय वितिसक्दा पनि सार्वजनिक यातायात चढेर जिल्ला जान पाउने कि नपाउने निश्चित हुन सक्ने अवस्था छैन ।

नेपालमाथि नाकाबन्दी अमानवीय, नेपाल चीनसँग नजिकिने खतरा- भारतीय कांग्रेस

जीवन ठप्प भैसक्दा पनि सरकारले भने न भारतसँगको नाकाबन्दी खुलाउन प्रभावकारी कदम चाल्न पनि सकेको छैन न त चीनसँग बैकल्पिक सहयोगको लागि खुलेर कुरा गर्न सकेको छ । छिमेकी चीनबाट सहयोगको खुला प्रस्ताव आउँदा पनि काम चलाउ बनिसकेको कोइराला सरकारले कुनै काम चलाउने संकेत देखाउन सकेको छैन ।

किन चुप छ सरकार ?

भारतमा नेपाल चीनसँग नजिक हुन थाल्यो भनेर सञ्चार माध्यममा मात्र होइन विपक्षी पार्टीले समेत सरकारलाई नेपालमा नाकाबन्दी अन्त्य गर्न दवाव दिइसक्यो । उत्तरी छिमेकी चीनले नेपाललाई चाहिने सहयोग गर्न तयार रहेको जनाइसकेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us