Sunday, 18 October 2015

स्वराजले भनिन्,‘देशभित्रको समस्या सुल्झाउनुहोस्’

 

कार्तिक १, २०७२- नेपालमा भारतद्धारा जारी अघोषित नाकाबन्दीसहितका मामलामा छलफल गर्न र तत्काल निकास पहिल्याउन शनिबार अपरान्ह दिल्ली उत्रिएका परराष्ट्र मन्त्री कमल थापाले सरकारी तहमा भेटवार्ता थालेका छन् ।
“विदेश मन्त्रीसागको भेटवार्ता सकारात्मक भएको छ, आपसी समस्या समाधानमा पहल हुनेमा विश्वस्त छु”,हैदराबाद हाउसमा विदेशमन्त्री स्वराजसागको लन्च–मिटिङपछि कान्तिपुरसाग कुरा गर्दै मन्त्री थापाले भने,“अरु तहमा भेटघाट भएपछि भोलिसम्ममा भेटघाटको थप विवरण दिनेछु ।” ‘नेपाल भारतबीच पछिल्लो समयमा देखिएको ब्यापारिक तनाव र अति उपभोग्य पदार्थको ढुवानीमा देखिएको संकटको स्थितिबारे नेपाली पक्षबाट अवगत गराउने काम भएको छ,’एक घण्टा लामो भेटवार्तामा सहभागी एक नेपाली अधिकारीले भने, “दशैंतिहार चाडको मुखमा नेपाली सर्वसाधारणमाझ देखिएको संकट र द्वैदेशीय असमझदारीका बिषयमा कुराकानी सुरु भएको छ ।”
कुराकानी क्रममा नेपालमा राजनीतिक स्थायित्व र सुधारका निम्ति पूर्व सहमतिअनुसार सरकार हेरफर तथा संविधान संशोधनलगायतका प्रकृयामा देखिएको उपलब्धीका बारेमा मन्त्री थापाले समकक्षी स्वराजलाइ अवगत गराएका थिए । स्रोतका अनुसार, सिमावर्ती नाका क्षेत्रमा देखिएको धरपकड, आन्दोलन र असुरक्षा स्थितीका बारेमा विदेश मन्त्री स्वराजले सरोकार राख्दै “आफ्नो देशभित्रको समस्या सुल्झाउने प्रयासमा संवाद र समझदारी बढाउन” आग्रह गरेकी थिइन् । ब्यापारिक नाकामा आएको कठीनाइ बारेमा छलफल गर्न आएको नेपालको प्रतिनिधिमण्डलको छलफल राजनीति केन्द्रित बनेर टुङ्गिएको थियो ।

कार्यतालिकाअनुसार मन्त्री थापाले आफ्नो काठमाडौंबाट आएको प्रतिनिधिमण्डल र दिल्लीस्थित नेपाली दुतावासका अधिकारीलाई साथमा लिएर औपचारिक भेटवार्ता थालेका हुन् । मन्त्री थापालाई भेट गर्न विदेश सचिव एस.जयशंकर, विदेश मन्त्रालयमा नेपाल डेस्क प्रमुख अभय ठाकुरसहितको टोली आइतबार दिउासो थापा बसेको होटल ओवरय पुगेको थियो । विदेश सचिव एस.जयशंकरले भारत सरकारको सधैंको भनाइ दोहोऱ्याउादै कुनै प्रकारको घोषित वा अघोषित नाकाबन्दी भारतले नगरेको र सिमावर्ती नाकाहरुमा देखिएको असुरक्षाका कारण द्धैतर्फी सुरक्षाको सरोकार बढेको बताएका थिए । विदेश सचिव जयशंकरले नेपाल–भारत सहयोगका बिभिन्न क्षेत्र तथा एक बर्षअघिको सहुलियत ऋण परियोजनाको स्थितीबारे पनि सरोकार राखेका थिए । भारत सरकारको वार्ता टोलीमा नेपालका लागि भारतीय राजदूत रन्जित राय पनि संलग्न छन् ।
 नेपालका तर्फबाट भने मन्त्री थापा, परराष्ट सचिव शंकर बैरागी, बाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, दिल्लीस्थित राजदूत दीपकुमार उपाध्याय, उपप्रमुख कृष्णप्रसाद ढकाल, राजनीतिक काउन्सेलर तिर्थराज वाग्लेसहितका पदाधिकारी वार्तामा सम्मिलित छन् । थापा टोलीले आइतबार अपरान्ह गृह मन्त्री राजनाथ सिंहसाग भेटवार्ता गर्ने भएको छ । स्रोतका अनुसार, सोमबार दिउासो काठमाडौं फर्कन लागेका परराष्ट्र मन्त्री थापाको फिर्नुअघि प्रधानमन्त्री नरेन्द्र मोदी अथवा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसहितका बिशिष्ट अधिकारीसाग भेटवार्ता गर्न पहल भैरहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us