Sunday, 4 October 2015

बाबुराम भने,‘प्रचण्ड छिट्टै अख्तियारको फन्दामा पर्दैछन्’

काठमाडौं,१८ असोज। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनभित्रै एमाओवादी अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरु अख्तियारको फन्दामा पर्ने बताएका छन् ।नवलपरासीको देवचुली नगरपालिकाअन्तर्गत चौधरीग्रामका मजदुरहरुको आइतबार बिहान गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एमाओवादी भ्रष्टाचारको अखडा भएको बताए । ‘एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ,’ भट्टराईको भनाई उद्धृत गर्दै एक सहभागीले भने,‘एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन् ।’ गोर्खाबाट रुपन्देहीको धकधाईमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान भट्टराई नवलपरासी पुगेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us