Monday, 5 October 2015

भारत विरुद्धको साईवर युद्धमा नेपाललाई विश्वव्यापि समर्थन

भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीविरुद्ध ह्याकरहरुले भारतका सयभन्दा बढी वेबसाइट ह्याक गरिदिएका छन् ।
‪ब्याक अफ ईण्डिया भन्दै नेपालका केही ह्याकरले सुरु गरेको यो अभियानमा विभिन्न देशका ह्याकरहरु पनि संगठित रुपमै लागेका छन् । भारतीय हस्तक्षेपविरुद्ध हामी नेपालसँगै छौ भन्दै पाकिस्तान, बंगलादेश, अफगानिस्तान, फिलिपिन्स र इन्डोनेसियाका ५० भन्दा बढी ह्याकरहरुको प्रयासमा केही दिनदेखि भारतीय बेवसाइटमा आक्रमण भइरहेको छ ।
यो संख्या अझ ठूलो हुने उनीहरुले चेतावनी दिएका छन् । केही दिनअघि भारतीय ह्याकरले ‪ब्याक अफ ईण्डिया ट्रेन्डिंगविरुद्द बदला लिंदै पत्रकार महासंघ लगायत नेपाली साइटमा आक्रमण गरेका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us